मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला

Ujyalosandeshonline 12676+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् । नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए । ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने । 

दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिले काहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए । ‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए । ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने  । 

सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ। सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने उनको धारणा छ ।  

सिटौलाले यतिबाट कांग्रेस पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । ‘हाम्रो एकताले नै अरूलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ, अब शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको छ’, उनले भने । २०४६ को परिवर्तन पछि मुलुकमा धेरै कुरामा विकास भएको बताउँदै सिटौलाले केही भएको छैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए । यस बिचमा पूर्वाधार निर्माणमा देशले उल्लेख्य प्रगति गरेको उनले सुनाए ।   

नेपाली कांग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, कार्यवाहक जिल्ला सभापति लेखबहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने, महासमिति सदस्य रत्न कार्की, जिल्ला सचिव दीपक खड्का, प्रवक्ता कुमार श्रेष्ठ, प्रदेश सभापति राजेश श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की लगायतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार