मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन् मुख्यमन्त्री कँडेल

Ujyalosandeshonline 11540+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन् । गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाई छ ।

नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले  राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै नागरिक खवरदारी जरुरी भएको बताए । संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको भन्दै संविधान जोगाउन नागरिकहरु सचेत रहनु पर्ने आवश्यकता ओैल्याए । ’सात दशकको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान धरापमा परेको छ’ उनले भने, ’संविधान जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ ।’ 

सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको उनको  टिप्पणी छ । ’चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको सरकार ढालिएको हो’ उनले भने, ’पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, आपसी विश्वास जगाउन र संगठनलाई बलियो बनाउन पार्टी एकताबद्व बनाउन व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ ।’ 

उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । संगठन बलियो हुँदा मात्र संघर्ष जित्न सकिने र कमजोर हुँदा समाजमा विकृति र वेथिती मौलाउने अवस्था आउने उनको भनाई छ ।

युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हाँसिल गर्न सकिने उनको विश्वास छ । ’७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार