मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रक्त सञ्चार सेवाको लागि सफ्टवेयर तथा मोबाईल एप सुचारु

Ujyalosandeshonline 11566+ समाचार ( )
२० अशोज २०८१, आइतबार

भैरहवा । नेपालमै पहिलो पटक नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाले रक्तसञ्चार सेवालाई अद्यावधिक गर्न ब्लडबैंक सफ्टवेयर तथा मोबाईल एप सेवा सुचारु गरेको छ । 

आईतबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि मोबाईल एप सेवा सुचारु गरिएको छ । सेवा बारे जानकारी दिदै कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका कोषाध्यक्ष शुसिल गुरुङ्गले रक्त सञ्चार सफ्टवेयरमा रगत र दाताको सम्पूर्ण विवरण देखिने बताए । सफफ्टवेयरमा नाम थर, लिङ्ग, ठेगाना आदिको विवरण देखिने उनले बताए । “रक्त सञ्चार सेवालाई अत्याधुनिक, व्यवस्थित मितव्ययी, जवाफदेही, पारदर्शी र डिजिटर रुपमा सञ्चालन गर्न सफ्टवेयरको आवश्यकता देखिएकोले यो सेवा सुचारु गरिएको हो ।” गुरुङ्गले भने 

सफ्टवेयरमा स्वचलित विलिङ्ग सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने, ब्यक्तिगत युजर र पासवर्ड, ल्याब रिपोर्ट प्रिन्टडोनर कार्ड, सम्भावित रक्तदान कार्यक्रम तालिका लगायतको जानकारी लिन सकिने छ । 

यस्तै मोबाईल एप (एनआरसिएस रुपन्देही) मार्फत रक्तदाताले आफ्नो मोबाईलमै व्यक्तिगत विवरण, डोनर कार्ड तथा सम्बन्धित रगत समूहको सम्बन्धित पालिका अन्र्तगत रहेका रक्तदाताको नाम, सम्पर्क नम्ब्र पनि हेन सक्ने गरि बनाईएको छ । 

यस अघि रक्तदान गरेको डोनरहरुको विवरण पनि क्रमिक रुपमा सफ्टवेयरमा अपडेट गर्दै लैजाने र यसले यस जिल्लामा रक्तदान गर्नेको संख्या सहित सबै विवरण उपलब्ध हुने कार्यक्रम संयोजक गुरुङ्गले बताए । 

रुपन्देही जिल्लाको बुटवल र भैरहवाको रक्त सञ्चार केन्द्रका कर्मचारीलाई अब म्यानुअल काम गर्न नपर्ने तथा दुईवटै केन्द्रमा रगतको के कति मौज्दात रहेको भन्ने सफ्टवेयरले नै हेर्न मिल्ने गरि बनाईएको यो नेपालमै पहिलो रहेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपाले बताए । रुपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । उनले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने  बताए ।

रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी (कृष्ण) ले सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए  । उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४ सय ५६ बढी सहकारी तथा गैरसरकारी संघ–संस्थाहरुको सहयोग तथा २८ वटा पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे । उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार