मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

रामेछाप । रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ । नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् । समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् । 

आफ्नो २ रोपनी भन्दा बढी जमिनमा अकबरे खुर्सानी लगाउनु भएका किशोरले रामेछाप जिल्लमा पहिलो पटक मल्चिङ प्रविधिबाट खुर्सानी लगाएका छन् । खेती लगाएको तीन महिनाबाट उत्पादन दिन सुरु गर्ने खुर्सानीका बोटले लगातार ५ वर्षसम्म उत्पादन दिने उनले बताए । पानी कम पर्ने र केही भिरालो जमिनमा खुर्सानीको राम्रो खेती हुने उनले बताए । सुक्खा याममा भने पानी परेन भने खुर्सानीलाई पानी दिनु पर्ने उनको भनाइ छ । 

काँचो अकबरे खुर्सानी बारीबाट नै २ सयदेखि २ सय ५० रुपैँया किलोसम्ममा बिक्री हुने गरेको पौडेलले बताए । काँचो बिक्री नहुँदा पनि सुकाएर बिक्री गर्न सकिने भएको खुर्सानी खेती सहज भएको उनको भनाइ छ । खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि रामेछापका विभिन्न क्षेत्रका किसानहरू व्यावसायिक खुर्सानी खेतीमा लागेका छन् । यसबाट किसानले राम्रो कमाइ गर्न पनि लागेका छन् ।

प्रतिक्रिया

Lorri Hone २५ पौष २०८२, शुक्रबार

Hey I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Enjoy, Lorri

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार