मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी

Ujyalosandeshonline 12431+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।

‘अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,’ भण्डारीले भनिन्, ‘सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो । तत्काल नहुने भए सात दिनभित्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर अहिलेको चलन भने निवेदन सात दिन थन्क्याएर त्यसपछि फेरि सात दिनपछि मात्रै जानकारी दिने गरिएको छ, जुन नियमविपरीत हो ।’

महान्यायाधिवक्ता भण्डारीले सूचनाको हक कार्यान्वयनमा राज्य गम्भीर नदेखिएको टिप्पणी गरिन् । ‘हामीले सूचनाको हकलाई व्यवहारमा उतार्ने प्रयास त गरेका छौं, तर त्यसमा अझै पनि धेरै काम गर्न बाँकी छ,’ उनले भनिन् । उनले देशमा प्रशस्त प्राकृतिक स्रोत र सम्पदा भएको उल्लेख गर्दै तिनको उचित प्रयोग गर्न नसकेकोमा पनि चिन्ता व्यक्त गरिन् । ‘हामीसँग स्रोत र साधन छन्, तर तिनको उपयोग गर्न सकेका छैनौं,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार