मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक

Ujyalosandeshonline 11174+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् । तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् । 

मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए । बिहीबार बिहान केही उडान भएका भए पनि शुक्रबार बिहानदेखि उडान हुन सकेको छैन । पर्यटकहरू मन्थली विमानस्थल वरपर विमान उड्ने प्रतीक्षामा बसिरहेका छन् । 

खुम्बु क्षेत्रमा मौसम खराब भएपछि जहाज उड्न नसकेको कारण हेलिकप्टर मार्फत केही पर्यटकहरू फाप्लु र लुक्ला गएका छन् । बिहीबार बिहान एक्कैछिन मौसम खुलेको बेला प्लेन उड्ने भए पनि दिनभरि मौसम खराब हुँदा उडान रोकिएका थिए । 

केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् । मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरका जहाजहरूले पर्यटकहरूलाई सोलु लैजाने र ल्याउने गरेका छन् । काठमाडौंबाट गाडीमा मन्थली आउने पर्यटकहरू यहाँबाट जहाज चढेर सोलु जाने गर्दछन् ।   

नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थलबाट लुक्लाको लागि यात्रीहरू ल्याउने र लैजाने गरेको छ ।  दिनभरि मौसम खुल्दा एक दिनमा मन्थली– लुक्लाका ६० वटासम्म उडान हुने गर्दछन् । मौसम नखुल्दा पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नचल्दा सयौँ पर्यटक मन्थलीमा नै रोकिएर बसेका छन् ।

प्रतिक्रिया

Rosella Stackhouse ३ वैशाख २०८२, बुधवार

Are you ready to earn money from your website with minimal effort? ������ With ForeMedia.net, you can start making revenue from ad impressions alone—clicks are just a bonus! Here’s why website owners love us: ✅ Instant approval for new publishers ✅ Earnings from traffic, not just clicks ✅ Hassle-free setup in minutes ������ Register Now Her: https://foremedia.pro/CU4W6 and start monetizing your traffic today! Best, The ForeMedia Team

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार