मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

तमु ह्युल छोंज धी ले तमु ल्होसार भव्यताका साथ मनाउने

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

 भैरहवा । तमु (गुरुङ्ग) को  पर्व तमु ल्होसार - २६०७ औं को अवसरमा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद शान्तिनगर इकाइले बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । परिषदले बिहिबार शान्ति बुद्ध गुम्बा, भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमहरुबारे जानकारी गराएको छ ।

गिद्ध वर्ग (ल्हो) माई स्वागत तथा विरालो वर्ग लाई विदाई कार्यक्रम ल्होसार-२६०७ अन्तर्गत मंसिर २६ गते देखि पुस ७ गते सम्म स्वोरा कार्यक्रम सम्पन्न गरेको परिषदका अध्यक्ष मोहन सिङ गुरुङ्ले बताए । सो क्रममा ९ लाख बढि सहयोग जम्मा भएको उनले जानकारी दिए । यस्तै बुधबार मात्रै परिषदके भैरहवाको देवकोटा चोकमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । 

पुस १४ गते बिहान १० बजे शनिवार नगर परिक्रमा (शान्ति पदयात्रा) एवम  खेलकूद कार्यक्रम सम्पन्न गर्ने परिषदकि सदस्य सावित्री गुरुङ्गले बताइन । उनले खेलकुद कार्यक्रम महिला, बालबालिका एवम पुरुषहरुका लागि अलग अलग बिधा राखिएको उनले बताइन । 

यस्तै पुस १५ गते बिहान पाठ, पूजा तथा १० बजे बाट शान्ति बुद्ध गुम्बामा मुख्य कार्यक्रम गर्ने गुरुङ्ले बताइन ।  

परिषदका अध्यक्ष मोहन सिङ गुरुङको अध्यक्षता, पूर्व सह सचिव अनिल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्ति बुद्ध गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ, नन्दा गुरुङ, बिशन सिङ गुरुङ, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायतले बोलेका थिए । कार्यक्रममा परिषदकि उपाध्यक्ष धर्म कुमारी गुरुङ्ग्ले स्वागत मन्तब्य राखेकी थिइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार