मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

Ujyalosandeshonline 12441+ समाचार ( )
२० जेठ २०८१, आइतबार

कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ । विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्रीधर शर्मा, राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका महासचिव गोबिन्द घिमिरे, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ लगायतले ट्रफी, मेडल तथा पुरस्कार रकम प्रदान गरेका थिए ।

प्रतियोगितामा सात प्रदेश सहित विभागबाट आर्मी र एपीएफ गरि १० टिम सहभागी थिए । खेलकुदमार्फत पयर्टन क्षेत्रको विकास गर्ने उद्धेश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए । प्रतियोगितालाई पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघले संयुक्त रुपमा मिलेर आयोजना गरेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार