मुख्य समाचार
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था | विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना | बन्द हुँदै चिया उद्योग, समस्यामा किसान | अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना | सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई | नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति | लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका |

विश्वकप लिग–टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित

Ujyalosandeshonline 11531+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे ।  सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । 

उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो ।  

अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए । आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए । 

बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । योसँग यस सिरिजमा नेपालले तीन् खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार