मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

Ujyalosandeshonline 12437+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

काठमाडौँ । नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।  संयुक्त राष्ट्र सङ्घले हरेक सन् २०२४ मा हरेक डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो ।

दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले नेपाल प्राकृतिक, धार्मिक सम्पदाले विश्वमा धनी मुलुक भएकाले योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो ।उहाँले सरकारले काठमाडौँको टुँडिखेलमा डिसेम्बर २१ तारिख आइतबारका दिन दोस्रो ध्यान दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने घोषणा गरेको पनि जानकारी दिनुभयो ।

गत वर्ष संयुक्त राष्ट्र सङ्घले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएसँगै टुँडिखेलमा सरकारको आयोजनामा दिवस मनाउन थालिएको हो । उहाँका अनुसार हाल नेपालमा ओशो तपोवनका ९० वटा शाखा सञ्चालनमा छन् भने जनकपुर र दमौलीमा निर्माणाधीन छन् । साथै अमेरिका, अष्ट्रेलिया, रुसलगायत देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार