मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन सभापति थापाकोे आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
११ माघ २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभएको छ । सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तक्र्रियामा उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो । सभापति थापाले मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न आफूले सर्लाहीबाट उम्मेदवार बनेको बताउनुभयो । उहाँले त्यहाँबाट प्रतिनिधित्व गर्दा अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धतासमेत जनाउनुभयो । 

सभापति थापाले आगामी पाँच वर्ष मधेसका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने भन्दै सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने धारणा राख्नुभये । उहाँले आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न सबैलाई सचेत गराउनुभयो । 

सभापति थापाले आफूले जोखिमका साथ नयाँ क्षेत्र रोजेकाले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको उल्लेख गर्दै मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न आग्रह गर्नुभयो । “पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेर आएको छु ।

मलाईसमेत पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएको हो”, उहाँले भन्नुभयो,“निर्वाचनका हकमा पनि जोखिम उठाएको छु । काठमाडौँको क्षेत्र नं ४ को सहजता छोडेर मधेस आएको छु, यो जोखिम पनि सबैको साथले पूरा हुनेछ भन्ने विश्वास छ ।”सभापति थापाले काठमाडाँैं क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको र यहाँको सेवामा पनि सधँै समर्पित रहने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार