मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरी एक व्यवसायीलाई पक्राउ गरेको छ । सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा खाँदबारी–१ स्थित बुद्धचोकबाट भोजपुरे भाडा पसलका लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो । 

व्यवसायी श्रेष्ठले यही साउन २३ गते उक्त पसलबाट खाना पकाउने एलपी ग्यास उपभोक्तालाई कायम बजार मूल्यभन्दा बढी प्रतिसिलिन्डर रु दुई हजार ३०० दरले बिक्री वितरण गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । विशेष सूचनाका आधारमा प्रहरीले टोली खटाइ जाँच तथा अनुसन्धान गर्दा तोकिएको बजार मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सङ्खुुवासभाबाट तीन दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार