मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने माओवादीको निर्णय

Ujyalosandeshonline 11169+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ । विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन । अब जनतामा जाने निष्कर्षमा पुगेका छौ ।’ 

यसको साथै, उनले कम्युनिष्ट पार्टीको पुनगठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चहाना भएको भन्दै बृहत वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनगठन पनि गर्ने बताए । 

उनले भने, ‘हामीले कम्युनिष्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको सयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौ नै यसको साथै, कम्युनिष्ट पार्टीको पुनगठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनगठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस भन्ने जनता चहान्छन् । जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ ।’ 

यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने निर्णय पनि भएको बताए । 

उनले भने, ‘यसको साथै प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरुलाई अझ खोज अनुसन्धानसहित गम्भिरता पूर्वक उठाउने, भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ । साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।’ 

पार्टी अध्यक्षले मुख्य रुपमा देशव्यापी रुपमा जनताको माझमा गएर जनताको कुरा सुन्ने कुरा उठाएको पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै