मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बीपीको छोरा भएकैले सजिलै चुनाव जिताइदिन्छन : डा.शशांक

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले वीपीको छोरा भएकै कारण सजिलै चुनावहरु जित्ने गरेको दाबी गरेका छन् । सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले वीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘वीपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उनले वीपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उनको दाबी थियो । 

उनले भने, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गार्हो छ । कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थं होला । तर म आफूलाई पूरै जकडियको अनुभव गर्छु । यो गर्नु हुदैँन्, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ । तर यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन् ।’

उनले वीपीले ठूलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाए । बीपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार