मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


कञ्चनमा स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

जगिलाल थापा

कञ्चन । रुपन्देहीको कञ्चनमा स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उपत्का देउखुरीको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनीधि र कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उपत्का देउखुरीका उप सचिव कृष्ण्णप्रसाद नेपाल र सोही मन्त्रालयका कानुन अधिकृत लक्षमण भण्डारीले स्थानीय तहको ऐन, कानुन, कार्यविधि, निर्देशिका तर्जुमा गर्दा ध्यान दिनु पर्ने बिषय, परिधि, क्षेत्राधिकार र कार्यान्वयनमा देखा पर्ने जटिलता र त्यसको निराकरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो।

लुम्बिनी प्रदेशका ५ वटा स्थानीय तहहरुको छनौट पश्चात भएको उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय तहको एकल अधिकार तथा प्रदेश र संघको ऐन तथा संविधानसंग नबाझिने गरी निर्माण गरिने ऐनबारे प्रयोगात्मका छलफल समेत गरि नमुना ऐनको समेत निर्माण गरी प्रस्तुती करण गरिएको कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भएको छ।

कार्यक्रममा सहभागी हुदै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले स्थानीय तह सञ्चालन कार्यविधि, ऐन, कानुन र निर्देशिकाहरु निर्माण गर्नु भन्दा पहिले अध्ययन अनिवार्य रहेको बिचार ब्यक्त गर्नुभयो। आफ्नो स्थानीय तहको कानुन कस्तो बनाउने र कानुन निर्माण गर्दै गर्दा त्यो कानुनले स्थानीय सञ्चालनमा पार्ने प्रभाव तथा असरका बारेमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिदै अध्यक्ष ढकालले संघ र प्रदेशको ऐन, कानुन र संविधानको नियमित अध्ययन गर्ने बानीको बिकास गर्न आवस्यक रहेको बताउनु भयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कुनै पनि कानुनको निर्माण गर्दा कानुन निर्माणको अधिकार क्षेत्र, परिधि, नियम र बैधताका बिषयमा ज्ञान हुन जरुरी रहेको बिचर व्यक्त गर्नुभयो। आफ्नो स्थानीय तहलाई सहजताका साथ सञ्चालनका लागि निर्माण गरिने ऐन, कानुन र कार्यविधिहरुले प्रदेश र संघसंग नबाझिने गरी निर्माण गर्नुपूर्व विद्यायन समिति, कर्मचारी र जनप्रतिनीधिहरुले कानुनको अध्ययन गर्नुको विकल्प नभएको समेत उपाध्यक्ष थापा मगरले विचार व्यक्त गर्नुभयो।

यस्तै प्रमुख प्रशासकिय अधिकृत माधवराज पोखरेलले कुनै पनि प्रशासनिक अंग वा निकाय सञ्चालनका लागि निश्चित ऐन, कानुन र विधि आवस्यक पर्ने र त्यसको निर्माणका लागि संविधानले नै स्थानीय तहलाई अधिकार समेत प्रत्याउोजन गरेको बताउनु भयो। कानुन निर्माण गर्नु भनेको आफुले आफुलाई अनुशासनमा राख्ने विधि र नियम भएको हुँदा सार्वजनिक पदलाई मर्यादित र सेवामुलक बनाउन कानुन जरुरी रहेको बताउदै पोखरेलले सबल र समुन्नत कञ्चन बनाउन जनप्रतिनीधि र कर्मचारीहरुमा संविधान र कानुनको अध्ययन गर्नु पर्नेमा जोड दिनु भएको थियो।

कार्यक्रममा सहभागीहरुको तर्फबाट कार्यापालिका सदस्य कुमारी घर्ति र वडा नं. ५ का वडा सचिव चोलाकान्त पाण्डेले प्रशिक्षणको क्रममा प्राप्त सिकाईले आगामी दिनमा स्थानीय तहको कानुन निर्माण तथा तर्जुमा गर्दा सहज हुने अनुभव व्यक्त गर्नुभएको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उपत्का देउखुरीका उपसचिव कृष्णप्रसाद नेपालको अध्यक्षता, कानुन अधिकृत लक्षमण भण्डारीको स्वागतमा सञ्चालन भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उपत्का देउखुरीका कम्प्युटर अपरेटर राम बहादुर गर्वुजा मगरले सञ्चालन गर्नु भएको थियो। कार्यक्रम गाउापालिकाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा उपसचिव कृष्णप्रसाद नेपालले विधेयक तर्जुमा संरचना र ढाँचा तथा व्यबहारिक अभ्यास र कानुन अधिकृत लक्षमण भण्डारीले स्थानीय तहको कानुन निर्माणका आधार र विचार गर्नु पर्ने कुराहरुबारे प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार