मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन

Ujyalosandeshonline 12433+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने÷नजाने निर्णय गर्नुपर्ने बताएका छन् । 

विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए । 

उनले भने, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुदैँन् । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेदाए सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन् ।’

यस्तै, उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभएपनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए । 

उनले भने, ‘प्रदेश सभामा सहभागी भएपछि अथवा खासगरी सभामुखका रुपमा सहभागी भएपछि जिल्ला अध्यक्षहरु समक्ष स्पष्ट भन्छु खासगरी कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागि हुनुहुन्न भन्ने पक्षमा नै थिएँ । त्यही कुरा निर्देशन पनि दिएको थिए तर विदेशमा भएको बेला साथीहरु सहभागी हुनुभयो । संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन् । तरसहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौं । सरकारमा पनि त्यही आवश्यकता अनुसार सहभागी हुन्छौ र ठिक लागेन भने बाहिर हुन्छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार