मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधी

Ujyalosandeshonline 11564+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

जनकपुर । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले बिआरआईलाई चिनिया पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रुपमा कुनैपनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।

शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुदैन यो कांग्रेसको अडिग धारणा हो’ बताए ।

केही दिन अगाडि मात्र चिनियाँ राजदुतले आमन्त्रण गरि निधीलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चिन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसदमा पनि बिआरआईको विषय त्यस भित्रका सन्दर्भ र योजनाहरु बारे छलफल हुनपर्ने बताएका छन् । बुझदै नबुझि हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार