मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

२४ महिने औद्योगिक तालिम सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

भैरहवा । होटल व्यवसायमा दक्ष जनशक्ति उपलब्ध गराउने लक्ष्य सहित बुधबारदेखि भैरहवामा २४ महिने औद्योगिक तालिम सुरु भएको छ । 

दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्र्तगत सिद्धार्थ होटल एसोसिएसन नेपाल, शान्ती नमूना माध्यमिक बिद्यालय र हेल्भेटास नेपालको संयुक्त सहकार्यमा तालीम सुरु भएको हो । प्राविधिक सीप लिईरहेका ४० जना बिद्यार्थीहरु कार्यक्रममा सहभागी रहनेछन् । 

साढे तीन महिनाको आधारभूत शिक्षा शान्ती नमूना माध्यमिक बिद्यालयबाट लिएका यी बिद्यार्थीहरु अबको साढे १९ महिना भैरहवा र यस आसपास रहेका बिभिन्न होटलहरुमा तालीम गर्नेछन् । सीप सिक्दै गरेका यी परिक्षार्थीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत तलब सम्बन्धित होटलले तिर्नेछ । सम्बन्धित कार्यस्थलमै प्रत्यक्ष काम गर्ने भएकोले यसले बिद्यालय भन्दा दक्ष बनाउने सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले बताए । उनले यसले रोजगारदाता होटल र प्रशिक्षार्थी दुबैलाई समान फाईदा पुगने बताए । अहिले दक्ष जनशक्ति नपाईरहेको अवश्थामा कार्यक्रमले न्यून पारिश्रमिकमै कामदार पाउने तथा परिक्षार्थीहरुलाई समेत रोजगारको ब्यवस्था हुने उनले बताए । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को प्रि–डिप्लोमा कार्यक्रमको स्विकृत पाठ्यक्रममा आधारित २४ महिने तालीममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन हुने व्यवस्था रहेको छ ।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त साझेदारीमा प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय मातहत कार्यक्रम भईरहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाका प्राविधिक संयोजक राजकुमार सेती महरले बताए । 

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालीम उदघाटन सत्रमा सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द्र गुप्ता, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष कमल रायमाझीले बोल्दै प्रशिक्षार्थीहरुले तालीमलाई अवसरको रुपमा लिन आग्रह गरेका थिए । सुजन लामाको सन्चालन र  सिद्धार्थ होटल संघका उपाध्यक्ष किशोर जोशीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार