‘नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत’

Ujyalosandeshonline 11164+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको नीजि सम्पत्ती माथिको संवैधानिक अधिकार हनन गरेको निश्कर्ष निकालेको छ । पार्टी जनता को पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दवाब मूलक कार्यक्रम गर्न समेत पहल गर्ने जनाएको  छ ।

पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको  धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन समेत दिएको छ । उपत्यकाका पार्टीका नेताहरुको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले यस्तो निर्देशन  दिएका हुन् ।

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष  श्याम बस्नेतको  नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निका लिएको हो । कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार