मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवौं एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

पोखरा । महिलातर्फ नवौं पिएम कप एनभीए लिगको उपाधि नेपाल पुलिस क्लबले जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३—१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा र्गयो । दुबै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् । 

सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको पुलिसले पहिलो सेट २५—२० को स्कोरमा जित्दै बलियो सुरुवात गर्यो तर दोस्रो सेटमा न्यु डायमण्डले पुनरागमन गर्दै २५—२२ को स्कोरमा सेट आफ्नो पक्षमा पार्न सफल भयो । 

तेस्रो सेट निकै रोमाञ्चक रह्यो । कडा प्रतिस्पर्धाबीच पुलिसले २८—२६ को नतिजा निकाल्दै फेरि अग्रता लियो। त्यसपछि चौथो सेटमा पुलिसले पूरै नियन्त्रण जमाउँदै २५(१४ को सहज जित निकाल्दै उपाधि सुनिश्चित गर्यो । लिग चरणमै पनि पुलिसले न्यु डायमण्डलाई ३—० ले हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिस लिगको शीर्ष स्थानमा रहँदा न्यु डायमण्ड दोस्रो स्थानमा थियो।

पुरुष र महिलातर्फका विजेता टोली—हेल्प नेपाल र नेपाल पुलिस—ले समान ८ लाख रुपैयाँ प्राप्त गरे। उपविजेता बनेका गण्डकी प्रदेश ९पुरुष० र न्यु डायमण्ड (महिला) ले समान ४ लाख हात र्पायो। तेस्रो स्थानमा रहने पुरुषतर्फको पुलिस र महिलातर्फको एभरेष्ट क्लबले २ लाख रुपैयाँ प्राप्त गरे। नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको यो लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार