मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो

Ujyalosandeshonline 11566+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

बाजुरा । बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

धान रोपाइँ जेठ दोस्रो साताबाट सुरु भएको हो। तर, लामो समयसम्म खडेरी परेपछि अधिकांश ठाउँमा रोपाइँ ढिलो भएको थियो । त्यसै पनि असारको अन्तिमसम्म जिल्लाका सबै ९ वटै स्थानीय तहमा धान रोपाइँको काम तीव्ररूपमा अघि बढेको छ ।

खोलाका किनारमा रहेका सिँचाइ सुविधा भएका खेतमा भने असार १५ भित्रै रोपाइँ सकिएको हो । यद्यपि सिँचाइको सुविधा नपुगेका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ भइरहेको हुँदा साउन दोस्रो हप्तासम्म पनि रोपाइँ जारी रहने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका त्रिवेणी, बुढीगंगा, बडीमालिका, गौमुल र खप्तड क्षेत्राधक गाउँपालिकामा पर्याप्त पानी परेपछि समयमै रोपाइँ सकिएको हो । तर, बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा भने पानीको अभावका कारण धान रोपाइँ ढिलाइ भएको केन्द्रका निमित्त प्रमुख जसीराम सहानीले जानकारी दिए । बाजुरामा कुल ७ हजार ३०३ हेक्टर जमीनमा मात्र धान खेती हुने गर्दछ । जसमध्ये हालसम्म ५ हजार २८५ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार