मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन् । शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।

उनले भने, ‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो सालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’

साथै  उनले सबै गणतन्त्रवादीहरुलाई आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अहिले सरकारमा रहेका अरु गणतन्त्रवादीहरु जो छन् उनीहरु पनि सच्चिनुपर्यो भन्ने अपिल गर्दै गर्दा त्यसै समयमा निरंकुश राजावादी तत्वहरुले तिनकुनेमा एउटा निकै विभेदशुन्य अपराधिक घटनाहरु घटाउँदै गरेको बताए । उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए ।

उनले भने, ‘हिजो चैत १५ गते देशमा एउटा नयाँ परिघटना देखापर्यो । एकातिर गणतन्त्रवादीहरुले आफ्नो लोकतन्त्रप्रतिको प्रतिवद्धता, आत्मसंकल्प स्थापित गर्नको लागि ठूलो संख्यामा जनसमुदायको बीचमा विरोध सभाको आयोजना गर्यो र एउटा उदाहरण राष्ट्रको अगाडि प्रस्तुत गर्यो । सबै गणतन्त्रवादीहरुलाई आफूले आत्मसमिक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अरु गणतन्त्रवादीहरु जो अहिले सरकारमा छन् उनीहरु पनि सच्चिनपर्यो । उनीहरुले  आफ्नो  क्रियाकलापलाई गणतन्त्रवादी बनाउनुपर्यो  भन्ने कुरा हामीले अपिल गर्यौं । तर  त्यसै समयमा निरंकुश राजावादी तत्वहरुले तिनकुनेमा एउटा निकै  विभेदशुन्य अपराधिक घटनाहरु घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भ सहित आपसमा टक्राइरहेका थिए।’ 

साथै  उनले हिजो कार्यक्रम राखेको प्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि बताए । मोर्चाले शुक्रबार काठमाडौंको. भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो । यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए । राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार