मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूद्वारा आर्थिक सहयोग

Ujyalosandeshonline 11171+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

रामेछाप । मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् । बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् । 

सो विद्यालयमा कार्यरत शिक्षकहरूले ५० हजार रुपैयाँ सङ्कलन गरेर विद्यालयका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहाल मार्फत मन्थली नगरपालिका–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईँलाई हस्तान्तरण गरेका छन् । पाण्डेको उपचारका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पनि आर्थिक सहयोग गरेका छन् । गौतमले उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् । 

क्यान्सर पीडित पाण्डेको उपचारमा आर्थिक अभाव भएपछि पूर्ववडाध्यक्ष प्रसाईँ सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म उनको उपचारका लागि ३ सय जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन् । अधिकांश सहयोगीहरूले १ हजारदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् । सहयोग गरिएको सबै जनाको रकम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी बिरामीलाई हस्तान्तरण गरिएको प्रसाईँले बताए । पाण्डेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार