बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमाद्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएकाछन् ।
राष्ट्रपतिपौडेल र गणतन्त्रमाल्दिभ्सकाउनका समकक्षीडाक्टर मोहम्मद मुइजु सँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उनले सो आग्रहगरेका हुन् ।
“ जलवायु परिवर्तनको मारमा हामीदुवै राष्ट्र परेकाछौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्तप्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ”,उनले भने ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले नेपाल सार्कका क्रियाकलाप अगाडि बढाउन प्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गर्ने बताए ।
काठमाण्डौ र मालेबीच सम्पर्क सञ्जाल विस्तार गर्न गर्न आवश्यक रहेको तथा माल्दिभस्बाट नेपाल भ्रमणमा आएर पर्यटकहरूले यहाँ विशिष्ट अनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपति पौडेलले दुवै देशको आर्थिक विकासमा सघाउ पुग्नेगरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि प्याकेज सहित प्रबद्र्धन गर्न सकिने विचार व्यक्त गरे ।
“वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो, हामीले वैदेशिक लगानीलाई सहजीकरण गर्न कानुन बनाएर वन स्टप सर्भिस सेन्टर स्थापना गरेका छौं, यसमा जलविद्युत, पर्यटन, पूर्वाधार तथा सूचनाप्रविधि र कृषिजस्ता क्षेत्र छन्’’उनले भने ।
नेपाल र माल्दिभ्सबीच १ अगष्ट १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मदमुइजुले जलवायु परिवर्तनको असर न्यूनिकरणमा माल्दिभ्स नेपाल सहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए ।
राष्ट्रपतिपौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई आजै सम्बोधन गरे ।
यही कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगर्दै राष्ट्रपति पौडेल कतारको दोहा.हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी शहर बाकुपुगेका हुन् ।