मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

व्यवसायी दयानिधि सापकोटालाई लण्डनमा सम्मान

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं । बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे ।

सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए ।उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे ।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् ।बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार