मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘किताबबाट मौलिक र आफ्नै माटोको फिल्म बन्नसक्छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र निमार्ताहरुले लेखकहरुबाट आएको विषयवस्तुलाई फिल्ममा उतार्न सके मौलिक र आफ्नै माटोको कथा आउन सक्ने बताएका छन् ।

शुक्रबार ‘बोल्दैन फोटो’ कृति सार्वजनिकीकरण र देउराली सम्मान २०८० समारोहमा उनले अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको भएको भन्दै पुस्तकहरुबाट मौलिकतामा आधारित फिल्म बन्न सक्ने बताए ।

उनले भने, ‘अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको हुन्छ, अमेरिका जाने, साउदी जाने दुःख पाउने यस्तो मात्रै हुन्छ । तर यो बाहेक अन्य पनि धेरै विषयवस्तुहरु हुन सक्छन् । चलचित्र निर्माताहरुले सच्चा लेखकहरुसँग सम्पर्क राख्नुपर्छ । लेखकहरुबाट आएको विषयवस्तुलाई फिल्ममा उतार्न सक्ने हो भने राम्रो, मौलिक र आफ्नै माटोको कथा आउनसक्छ ।’

कार्यक्रममा पुस्तकका लेखक प्राडा.रामप्रसाद दाहालले पुस्तकमा हिमाली जनजीवन र त्यहाँका मानिसको व्यवहार कस्तो छ भन्ने कुरालाई विषयवस्तु बनाएर राखेको बताए । हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन होस भन्ने सोचमा पनि यो कृति आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार