मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रेडक्रस सोसाइटी मायादेवी उपशाखाको अध्यक्षमा मिश्र

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ पौष २०८१, सोमबार

भैरहवा । नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखा, रुपन्देहीको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अधिवेशनले विपिन कुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।उपशाखाको उपसभापतिमा शान्ता बराल सुनार, सचिवमा बैजनाथ प्रसाद गुप्ता, कोषाध्यक्षमा विजय कुमार पाण्डे, उपसचिवमा योगेन्द्र प्रसाद ठाकुर र उप–कोषाध्यक्षमा शम्भु तिवारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा देवराज लोहार, माया केवट, इमिर्ती केवट, अब्दुल कयुम मुसलमान र शिवशक्ति बानिया रहेका छन् ।कार्यक्रममा प्रमुख अतिथि मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले रेडक्रस मायादेवी उपशाखाको भवनका निम्ति जग्गाको प्रयासका लागि पहल गर्ने बताए ।

उनले वडा र गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।उपशाखाका उपसचिव विजय कुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस रुपन्देही जिल्ला शाखा मन्त्री रामचन्द्र उपाध्याय लगायतले भनाइ राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि पाण्डेयले रेडक्रस मायादेवी उपशाखाको स्थापना भएपछिको पहिलो कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसा–पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार