मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उद्योगी–व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ : प्रधानमन्त्री

Ujyalosandeshonline 12431+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा विभिन्न प्रकारका जोखिम सिर्जना हुने भएकाले निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए । 

उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा हालै एमाले प्रतिनिधि मण्डल र मुख्यसचिव सहितको गहन छलफल भइसकेको बताउँदै एमालेले अघि सारेका मध्य पहाडको विकासको सन्दर्भमा सरकार पनि सहमत रहेकोर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफूले व्यक्तिगतरुपमा पनि छलफल गरिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार