मुख्य समाचार
शेरामा सडक स्तरोन्नति गरिँदै | आजको मौसमः लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना | हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने | एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने | राजविराज सडकको दुरावस्था | माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न | रुपन्देहीको बाल सुधारगृहमा अनुगमन | अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने | तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर |

तिलोत्तमाका १५ जना नगर प्रहरी दीक्षित, इमान्दारितापूर्वक कर्तव्य पालना गर्न आग्रह

Ujyalosandeshonline 11191+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयले छनोट गरेका प्रहरीहरु दीक्षित भएका छन् । स्थानीय सरकार संचालन ऐन अन्तर्गतका कानुन कार्यान्वयनका लागि नगरपालिकाको कार्यालयले भर्ना अह्वान गरी छनौट गरेको १५ जना प्रहरीहरु दीक्षित भएका हुन् ।

छनौट भएका प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा., रुपन्देहीले काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, बडिगार्ड ड्रिल लगायतको एक महिना आधरभूत तालिम प्रदान गरेको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गणपति आनन्द थापा मगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामूहिक रुपमा दीक्षित गरेका हुन् ।

नगरप्रमुख रामकृष्ण खाणले तालिम सकाएर दीक्षित भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाइएको बताए । उनले राज्यको दायित्व पहिला गास, बास र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरबासीको सुरक्षाको जिम्मा लिनुपर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राखे ।

नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले तालिममा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आम नागरिकको सेवामा नगर प्रहरी खट्ने विश्वास व्यक्त गरिन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा. रुपन्देहीका प्रमुख एसप आनन्द थापाले स्थानीय निकायहरुसँग सहकार्य तथा समन्वय गरी आपसी सम्बन्धलाई अझ मजबुत र अन्तर निकायबिचको क्षमता, कला, सीप एवं व्यवसायीक दक्षता आदान प्रदान गर्नका लागि नगर प्रहरी आधारभूत तालिम संचालन गरिएको बताए ।

‘तालिममा सिकाईएका विषयहरुलाई प्रहरी प्रशिक्षार्थीहरुले अनुशासन, ईमान्दारीता र जिम्मेवारी पनलाई आत्मासाथ गरी आ–आफ्नो कार्य क्षेत्रमा गएर अक्षरस पालन गरी उत्कृष्ट ढंगले कार्य सम्पादन गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ’, उनले भने, ‘तालिमले उहाँहरुको पेशागत जिवनमा नयाँ आयाम थप्नेछ र पेशागत दक्षता अभिवृद्धी भई पूर्ण व्यवसायिक दक्षताका साथ भविष्यमा सही ढंगले कार्य निर्वाह गर्ने अपेक्षा छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै