मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ : मुख्य सचिव अर्याल

Ujyalosandeshonline 12676+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं । जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् । आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ । अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको छ ।’

त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए । उनका अनुसार, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भर्चुअल बैठक गरी तत्कालीन सेवा सञ्चालन तथा समन्वयको व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेका कारण सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिँदै उनले भने,‘युवा पुस्ताले उठाएका मागहरू सम्बोधन हुनेगरी चाँडोभन्दा चाँडो सरकार गठन होस् भन्ने हाम्रो चाहना हो ।’

सरकार गठन भएपछि मन्त्रालयहरूबाट सेवाप्रवाहलाई निरन्तरता दिने कार्ययोजना बनाइरहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको क्षति मूल्यांकनपछि ड्यामेज नभएका निकायहरूबाट सेवा सञ्चालन सुरु गरिने बताए ।

यस क्रममा सवारी साधन र भवनसमेतमा भएको क्षतिको प्राविधिक मूल्यांकन गरेर कुन सामग्री मर्मतयोग्य छन् भन्ने पहिचान गरिने जनाइएको छ । अन्तरिम सरकार गठनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने,‘प्रधानमन्त्री नियुक्तिपछि राष्ट्रपति र सुरक्षासम्बन्धी निकायहरूसँगको संयुक्त सल्लाहअनुसार मात्र स्थान र व्यवस्थापनबारे निर्णय हुनेछ ।’ उनले अभिलेख र रेकर्डसम्बन्धी क्षति नेपालकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, यथार्थ तथ्यांक संकलनका लागि अझ केही समय लाग्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार