मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति

Ujyalosandeshonline 11540+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

रौतहट । रौतहट गरुडाको मुख्य बजारमा रहेको जयसवाल जनरल स्टोर्स आगलागी हुँदा फेन्सी सामनहरु जलेर नष्ट भएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ स्थित बस पार्किङ स्थल नजिकको फेन्सी पसलमा आगलागी भएको हो ।

आगोलागीबाट पसलमा राखिएको कपडा, जुत्तालगायतका फेन्सीका सामग्रीहरु काम नै नलाग्नेगरि जलेर क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोली आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।आगलागीबाट करिव ४५ लाखको क्षति भएको अनुमान गरिएको छ ।आगलागीबाट भएको क्षतिको बारेमा गरुडा नगरपालिकाका नगर प्रमुख  कन्थामणि कलवारले स्थलगत निरीक्षण गरेका छन् । आगलागीबाट धेरै क्षति पुगेकाले यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन उनले सवै व्यापारी बर्गमा आग्रह समेत गरे  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार