मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सकियो कर्णाली उत्सव, शर्मा भन्छन्– ‘कर्णालीको विकास नभएसम्म देशको विकास असम्भव’

Ujyalosandeshonline 11540+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

कर्णाली । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्माले कर्णालीको विकास नभएसम्म देशको विकास नहुने बताएका छन् । उनले कर्णाली एक सम्भता भएको बताए । 

सोमबार कर्णाली उत्सवको समापन गर्दै उपमहासचिव शर्माले नेपाली भाषाको जननी कर्णाली भएको भन्दै भाषा, साहित्य र राजनीतिमा कर्णालीलाई माथि उठाउनका लागि महत्वपूर्ण योगदान गरिरहेको बताए । ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात, जडा र बोक्राहरुलाई, यहाँका नदी ताल, हिमाल, पहाड, खोँच, वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ,’ उनले भने । 

उनले कर्णालीको परिभाषा नै फेर्ने गरी काम गर्नुपर्ने बेला आएको बताए । ‘कर्णालीको विकास बिना देशको विकास सम्भव छैन,’ शर्माले अघि भने, ‘कर्णालीका दलितहरुको मुक्ति नभएसम्म कर्णालीको विकास हुँदैन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी उत्पीडन भोगिरहेका छन् । यसको अन्त्य गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ  ।’ 

कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उपमहासचिव शर्माले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाँचो रहेको बताए । 

कर्णाली उत्सव सोमबार सकिएको छ । उत्सवका संयोजक कमल लम्सालले विगतका चार वर्षझैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउने उनको भनाइ थियो । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको उनले बताए ।

उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन, मन्थन र चिन्तन यो उत्सवमा हुने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार