मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चिनीले भरिएको ट्रक धमाधम समात्दै भैरहवा भन्सार

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएपछि भन्सार छलेर भित्राइएको साम्रगीहरु धमाधम बरामद हुन थालेको छ । कार्यालयले एक हप्ताको अन्तरालमा भन्सार छलेर भित्राइएको चिनीले भरिएको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । एक हप्तामा मात्रै ठूलो परिमाणमा कार्यालयले ३३ हजार किलो (३३ टन) चिनी बरामद गरेको छ ।

तस्करहरुले भारतबाट मोटरसाइकलमा चिनी ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने गर्दछन् । त्यसपछि ठूलो परिमाणमा ट्रकमा लोड गरेर देशका विभिन्न क्षेत्रमा पुर्याउने गरेका छन् । शुक्रवार राति लु २ ख ५३०५ नम्बरको ट्रकमा साढे दश टन चिनी (२१० बोरा) लोड गरेर अन्यत्र लैजान लागेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवन क्षेत्रबाट ७ लाख ८७ हजार बढी मूल्य बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

‘हामीलाई भन्सार छलेर भित्राइएको चिनी ट्रकमा लोड अन्यत्र लगिदैछ भन्ने सूचना प्राप्त भएको थियो’, उनले भने, ‘सोही अनुसार पुग्दा चालक फरार रहेको अवस्थामा चिनी बरामद गरेका हौँ, अहिलेसम्म कोही साम्रगीको दावी गर्न सम्पर्कमा आएको छैन ।’

भन्सारले यस अघि भदौ १३ गते लु २ ख २८३६ नम्बरको ट्रकमा ६ लाख ३० हजार मूल्य बराबरको २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरेको थियो । त्यस्तै भदौ ८ गते ग २ ख १२९० नम्बरको ट्रकमा ७ लाख २० हजार रुपैयाँ बराबरको लोड रहेको १२ टन (दुई सय चालिस बोरा) चिनी लुम्बिनी सडकखण्डको रमवापुरबाट बरामद गरेको थियो । यस बाहेक पनि कार्यालयले कपडा लगायतका साम्रगीहरु बरामद भइरहेको जनाएको छ ।

चाडपर्व नजिकिएसँगै खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर थोरै परिमाणमा भित्राएर भण्डारण गरी देशको विभिन्न क्षेत्रमा पठाउने तस्करको योजना भन्सार कार्यालयले तुहाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार