जसपा कार्यकारिणी समिति बैठक बस्दै

Ujyalosandeshonline 11561+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन बनाउन सुरुवातमै साथ दिएका अध्यक्ष उपेन्द्र यादवले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला भने मन्त्रीहरुको नामावली दिएनन् । बुधबारसम्म २० सदस्यीय मन्त्रिपरिषद् बन्दा जसपाले मन्त्रीहरु पठाएको छैन । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने र मन्त्रीहरुको चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रवक्ता मनिष सुमनका अनुसार बैठक बिहीबार विहान ८ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने छ । 

वर्तमान सरकारमा जसपाले दुई वटा मन्त्रालय पाउने देखिएको छ । प्रधामन्त्री दाहालले जसपाका लागि भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बन तथा बातावरण मन्त्रालय आफैँसँग राखेका छन् । जसपाका नेताहरुका अनुसार यसपटक अध्यक्ष उपेन्द्र यादव आफैँ उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेर सरकारमा सहभागी हुने तयारीमा छन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । यसअघिको गठबन्धन सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार