मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ माघ २०८१, बुधवार

भैरहवा- भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १२ रनको बलियो योगफल बनायो ।

उसका लागि निश्चल ज्ञवालीले ९८, आरिफ खानले २८, विप्रसन केसीले १७ र सहिन खानले १६ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेल र ऋदम सुवेदीले ३–३, ईश्वर क्षेत्रीले २ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको सैनामैना १३ ओभर १ बलमा सबै विकेट गुमाएर ४५ रनमै समेटियो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि महेश रानाले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरमा हार व्यहोर्यो । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, महेश भरले ३, सहिन खान, निर्मल गुरुङ र विप्रसन केसीले समान १–१ विकेट लिए । खेलमा निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार