मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

०८४ सम्म कांग्रेस प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री थापा

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने समझदारी कायम गरिसकेको  बताए ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । परिस्थितिले प्रतिपक्षमा ल्याएको छ । केही दिनमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ र ०८४ सम्म शसक्त प्रतिपक्षमा बस्नेबारे औपचारिक निर्णय गर्दछ । नेतृत्वसँग त्यही समझदारी भइसकेको छ । ०८४ सम्म सरकार बनाउन, गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ ।’

उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको आरोप लगाए । उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको अभिव्यक्तिलाई कांग्रेसले गलत हो भन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा एउटा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । र त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । अब नेपाली कांग्रेसको एउटा व्यक्तिले घटनाका बारेमा धारणा बनाउदा अल्मलिन हुँदैन । पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । कांग्रेसका आँखाले हेर्दैगर्दा गलत भन्न सक्नुपर्छ ।’

उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार