मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी

Ujyalosandeshonline 11563+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं । कृषि समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञहरुसँग छलफल भएको हो । 

बैठकमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत नापीको अधिकार पालिकालाई दिनुपर्ने सुझाव आएको बताउँदै त्यसको लागि अलि बढी तयारीको आवश्यकता रहेको बताए ।उनले जग्गा वर्गिकरणको अधिकार पालिकालाई दिँदा प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नभएको उदाहरण दिँदै पालिकालाई सवल र सक्षम बनाउनुपर्नेे महशुस भएको धारणा राखे । 

उनले भने,‘संविधान अनुरुपका कतिपय काम गर्ने सन्दर्भमा मालपोत नापी तल नै दिनुपर्छ भन्ने भावना छ । तर अलि बढी तयारी गर्नुपर्छ कि,अलि बढी पालिकालाई सवल र सक्षम बनाउनुपर्ने हो कि भन्ने महशुस चाँही भएको छ । किनकी जग्गा वर्गिकरणको लागि अधिकार तल पठाइयो । हामीले तीन चार वर्ष भइसक्यो पटक –पटक ताकेता गर्दा पनि वर्गिकरण भएर सम्पूर्ण पालिकाको आएको छैन ।’

त्यस्तै,उनले सम्पूर्ण पालिकाहरुले जग्गा वर्गिकरणको रिपोर्ट समयमा नपठाउँदा असार मसान्तसम्म फुकाउनुपर्ने कित्ता काटको काममा समेत समस्या भएको बताए । ‘असार मसान्तसम्म कित्ता काट रोकिन्छ फुकाउन समस्या भएको छ । अहिले पूर्ण भएर आएका दुई सय ५३ पालिका छन् । चार सय जति पालिकाले काम गर्नु भएको तर रिपोर्ट पठाइनसक्नु भएको अवस्था छ । अरु पालिकाले केही गरेको छैन।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार