मुख्य समाचार
भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न | भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा | भैरहवा भन्सार कार्यालयको उत्साहजनक प्रगति: साउनदेखि असोजसम्म ३३ अर्बभन्दा बढी राजस्व संकलन | भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी |

भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन

Ujyalosandeshonline 12630+ समाचार ( )
२० कार्तिक २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित विभिन्न किराना पसलहरूमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथ र वडा नम्बर ६ गल्लामण्डीका गरी आठ वटा पसलहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा खुला रूपमा खाद्यवस्तु तथा ड्राई फ्रुट्स बिक्री गरिएको, लेबल र प्रयोग अवधि नखुलेको, खरिद बिलबिनाका सामान राखिएको, व्यवसाय नवीकरण नभएको तथा म्याद सकिन लागेका सामग्री भेटिएको छ। गल्लामण्डीका पसलमा खरिद बिलबिना फेला परेका हल्का पेय पदार्थ र खुला रूपमा राखिएको चिनी नष्ट गरिएको छ भने तिहार लक्षित झिलिङ्गा रोटीमा त्रुटिपूर्ण विवरण राखिएको पाइएपछि उत्पादकलाई सोधपुछका लागि बोलाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार व्यवसायीहरूलाई तत्काल ठूलो जरिवाना नगरी मूल्यसूची अद्यावधिक गर्न, म्याद सकिन लागेका सामान छुट्टै राख्न र नियम पालना गर्न लिखित चेतावनी दिइएको छ। पुनः कैफियत भेटिए कडा कारबाही गरिने र पर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ। अनुगमनमा जिल्ला प्रशासन, प्रहरी, वाणिज्य, घरेलु, खाद्य प्रविधि, नगरपालिका तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार