मुख्य समाचार
भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी | प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका लागि नेपाल र भारतमा तीव्र गृहकार्य | ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत |

भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति

Ujyalosandeshonline 12626+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

भैरहवा । नेपाल सि.एम.ए. संघले चितवनको माडी नगरपालिका–स्थित बिसेक क्लिनिकका सञ्चालक गोविन्द नेपाल र उनको क्लिनिकबारे प्रकाशित समाचार तथा भिडियो सामग्रीप्रति गम्भीर आपत्ति जनाएको छ।

RaceKhabar नामक अनलाइन सञ्चारमाध्यम तथा यसको फेसबुक पेजबाट कात्तिक १६ र १७ गते प्रकाशित तथा प्रसारित सामग्रीमा सि.एम.ए. स्वास्थ्यकर्मीको कार्यक्षेत्र र अधिकारबारे तथ्यहीन तथा भ्रामक दाबी गरिएको भन्दै संघले आपत्ति जनाएको हो।

संघका अनुसार समाचारमा सि.एम.ए. स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गर्न नपाउने र एन्टिबायोटिकलगायत औषधि सिफारिस गर्न नपाउने दाबी गरिएको छ। यस्ता सामग्रीले एक सदस्यको व्यक्तिगत तथा पेशागत प्रतिष्ठामा मात्र नभई समग्र सि.एम.ए. स्वास्थ्यकर्मीको पेशागत मर्यादा, अधिकार र सामाजिक प्रतिष्ठामा समेत आघात पुर्‍याएको संघको भनाइ छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली, २०५६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ लगायतका कानुनी व्यवस्थाको मर्म र स्वास्थ्यकर्मीको योग्यता तथा कार्यक्षेत्रबारे पर्याप्त अध्ययन नगरी एकपक्षीय समाचार सम्प्रेषण गरिएको संघले आरोप लगाएको छ।

समाचारको प्रस्तुति र सामग्रीले समग्र चिकित्सा तृतीय समूहअन्तर्गतका स्वास्थ्यकर्मीलाई बदनाम गर्ने उद्देश्य राखेको हुन सक्ने आशंकासमेत व्यक्त गर्दै संघले यस्तो कार्यको घोर निन्दा र भर्त्सना गरेको छ।

संघले सम्बन्धित सञ्चारमाध्यम र पत्रकारलाई प्रकाशित तथा प्रसारित समाचार तत्काल सच्याउन, तथ्यहीन दाबीको सार्वजनिक खण्डन गर्न तथा गोविन्द नेपालसहित समग्र सि.एम.ए. स्वास्थ्यकर्मीको पेशागत र सामाजिक प्रतिष्ठामा पुगेको आघातप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।

प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचारसंहिता, २०७३ को स्मरण गराउँदै संघले माग सम्बोधन नभए प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित नियामक तथा न्यायिक निकायमा उजुरी गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।

संघका उपाध्यक्ष गोपाल उपाध्यायले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा समग्र सि.एम.ए. स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, अधिकार र मर्यादामाथिको प्रहार संघलाई स्वीकार्य नहुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार