मुख्य समाचार
भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा | भैरहवा भन्सार कार्यालयको उत्साहजनक प्रगति: साउनदेखि असोजसम्म ३३ अर्बभन्दा बढी राजस्व संकलन | भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी | प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका लागि नेपाल र भारतमा तीव्र गृहकार्य | ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय |

भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12628+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

परासी । नवलपरासीमा प्रहरीले भन्सार छली ल्याइएको करिब नौ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा उक्त परिमाणका सामान बरामद गरेको हो। प्रहरीका अनुसार भन्सार छली चोरी निकासी तथा पैठारी गरी ल्याइएको अन्दाजी ९ लाख २ हजार ८ सय १० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।

बरामद गरिएका सामग्रीहरूमा साल जातको काठको झ्याल ढोकाको तयारी चौकोष, विभिन्न किसिमका लत्ताकपडा, पटका, जिउँदो बोइलर कुखुरा, रंगोलीका सामान, टिनको भकारी (ड्रम) तथा फुटकर किराना सामान रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन थापाद्वारा जारी प्रेसवज्ञप्तिमा अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणका लागि सुरक्षा जाँचलाई कडाइ गरिएको जनाइएको छ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार