मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजना तथा कोटहीमाई गाउँपालिकाको समन्वय मा यही असोज १८ गते शुक्रबार कोटहीमाई–६ स्थित कटया आधारभूत विद्यालयको छेउमा रहेको बगैचामा सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
बिहान ९ बजेदेखि सञ्चालन हुने शिविरमा गाई, भैंसी, बाख्रा, कुखुरा, गोरु, भेडा लगायत चौपाया पशुहरुको स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाबासीलाई अध्यक्ष त्रिपाठीले आग्रह गरे । शिविरमा आएका पशु चौपायाहरुको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी समेत निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए ।
मौसम बदली र बाढीको कारण तथा नियमित जनावरमा देखिने विभिन्न रोगलाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको अध्यक्ष त्रिपाठीले बताए । पशुपालन गर्ने विभिन्न पशुपालकहरुलाई सहजताको लागि समेत उक्त शिविर सञ्चालन गरिएको उनले बताए ।