मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

Ujyalosandeshonline 11566+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल उनले यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले विधेयकलाई पारित गरौं । विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ । ई–कमर्शबाट सञ्चालन हुने व्यापार कारोबारहरुलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ । यसबाट सरकारको पनि विजिनेस बढ्ने छ ।’

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘आएको संशोधन प्रस्तावहरुको छलफलबाट अगाडि बढाएर संशोधनका केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्नेछ । समितिको तर्फबाट सभापतिले दलगत रुपमा संशोधनकर्ताहरुको प्रतिनिधित्व गर्ने गरि छलफल र संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार छ ।’

यस्तै, उनले संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरुलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए ।  

उनले भने, ‘संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा छन् । अति आवश्यक कानूनहरु संविधान संशोधनका लागि पनि आवश्यक छन् त्यसैले ऐनहरुबाट संविधान कार्यान्वयनमा बल पुग्छ । यतिबेला सबैले बढी उत्सुकता देखाएर संसदलाई पनि विजिनेस दिने र कानून अभावले प्रभावित भएको थुप्रै कामहरु यतिबेला निष्कर्ष दिन सकिन्छ । सरकारलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार