मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राप्रपाले फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने भएको छ । पार्टीको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची–महाकाली एकता यात्रासँगै उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए । 

आन्दोलनका लागि पार्टीले लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने लिङ्देनले जानकारी दिए ।

‘हिन्दु राष्ट्र पुनस्र्थापना र प्रदेश तह खारेजीका लागि व्यापक जनदबाब सृजना गर्न पार्टीले बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘जनताको चाहना भयो भने हामी संसद छाडेर पनि आन्दोलन अघि बढाउन सक्छौं ।’ आन्दोलन तयारीका लागि पुस र माघमा देशैभर व्यापक सभा तथा तयारीका अन्य कामहरु गरिने उनले बताए । ‘फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रीत प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको राप्रपाले जनाएको छ । कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता  तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ । 

यस्तै, राप्रपाले सञ्चालन गरिरहेको नवीन राप्रपा कार्ययोजनाका बाँकी कामहरुलाई पनि आन्दोलनको अंगकै रुपमा सम्पन्न गर्ने निर्णय भएको लिङ्देनले बताए । 

राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, भ्रष्टाचार, चरम बेरोजगारी, बढ्दो निराशा, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन लगायतका जनजीविकाका विभिन्न मुद्दा उठाएर उपत्यका केन्द्रीत आन्दोलन गर्न लागेको पार्टीले जनाएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार