मुख्य समाचार
जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन |

महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी

Ujyalosandeshonline 11569+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि१८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । 

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। 

सोही व्यवस्था कार्यान्वयन गराउन पटक पटक महानगरले बअनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रावृति पाएको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ । 

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने चेतावनी महानगरले लिएको छ । 

यस्तै, महानगरले त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई सूचित गर्ने तथा रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने जारी सूचनामा उल्लेख गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार