मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


केपी ओली कपमा मधेशलाई कर्णालीले हरायो

Ujyalosandeshonline 11171+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

पोखरा ।  पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । 

१४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनी जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अभिषेक कार्की २२ रनमा अविजित रहे उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । विशाल पटेल ५ रनमा अविजित रहे । रुपेश सिंहले १७, हरिशंकर शाह ७, विशाल शुस्लिङ १२, अरनिको यादव १४ रनमा आउट भए । ओपनर रोहन विक शुन्यमै पेभेलियन फर्किए ।

कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादबले २–२, कृष्ण कार्किले १ मेडनसहित १ र अरुण ऐरिले १ विकेट लिए । टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १४५ रन बनाउदै अलआउट हुन पुग्यो । कर्णालीका लागि हिमांशु शाहिले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । 

यस्तै विपिन शाहिले २४ रन जोडे । १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । राज प्रसाद शाहले १६, अरुण ऐरि १३, कृष्ण कार्की ७, रविन्द्रजंग शाही ४ रनमा आउट भए । सुबास भण्डारी २ र ओपनर अदित्य विक्रम शाह शुन्यमा आउट भए ।

मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक कार्कीले ३ तथा विशाल पटेलले २ विकेट लिए भने प्रदिप पासवानले ४ ओभरमा १ मेडनसहित १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच कर्णालीका हिमांशु शाह घोषित भए ।

मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डीएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै आउट भए । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३१ बलमा ७ चौका, २ छक्का प्रहार गरे । 

आयुव चन्द ३, दिपक रोकाया ३, सन्दिप भण्डारी ५ रनमा आउट भए भने सुनम बुढाथोकी १ रनमा नटआउट रहे । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । उता लुम्बिनीका लागि रन्जित चौधरी सार्वधिक ३६ रनको अविजित पारी खेले । 

उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्देश थापा १८, प्रज्वल थापा १०, ओपनर देव खनाल ३, तुलबहादुर थापा १ मोहम्मद हुसेन ४ र अभिषेस गौतम ७ रनमा आउट भए । अजय कुमार चौहान शुन्यमा नटआउट रहे ।

यो खेल समेत वर्षाका कारण रोकिन पुगेको थियो । हिमाल फे्रन्ड्सका लागि सुशिल रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान २÷२ विकेट लिदाँ दिपक रोकायाले १ विकेट लिएका थिए । प्रतियोगिताको आठौं दिन कर्णाली र हिमाल फ्रेन्ड्स बिच पहिलो तथा मधेश र लुम्बिनीबिच दोस्रो खेल आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार