मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

तस्करी प्रति निर्मम बन्दै ईप्रका मझगावा

जैसमोहम्मद खान 76+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

मर्चवार । रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय मझगावा आफ्नो क्षेत्रमा शून्य शहनशिलता अपनाएको जनाएको छ । कार्यालयको प्रमुखको रुपमा प्रहरी निरिक्षक सन्तोष बस्याल आए लगत्तै मर्चवार क्षेत्रबाट तस्कर लखेट्ने अभियान नै सुरु गरेका छन् । 

खुल्ला सीमाका कारण छिटफुट भन्सार छलीका समान नियन्त्रण गर्न कठिनाई भए पनि यस अघि मर्चवारबाट हुने ठूला परिणामको तस्करी रोकिएको स्थानियहरुले पनि महशुश गरेका छन् । ईप्रका मझगावाको सक्रियता उसले बरामद गरेको समानबाट पनि पुष्टि हुन्छ । 

ईलाका प्रहरी कार्यालय मझगावाले चालु आर्थिक वर्षमा ५३ लाख ७२ हजार ७ सय ६७ रुपैया बराबरको अवैध सामाग्री बरामद गरि भन्सार चलान गरेको छ । 

ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरिक्षक सन्तोष बस्यालले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको फागुन १५ गते सम्म २ जना भरिया सहित ४ लाख २९ हजार ४ सय मूल्य बराबरको १ सय ४ बोरा चिनी बरामद गरेको छ । यस्तै १ जना भरिया सहित २ लाख १९ हजार १ सय मूल्य बराबरको कुखुरा, १ लाख ४५ हजार बराबरको ८ वटा खसी, ११ लाख ७२ हजार ८२ रुपैया बराबरको खाद्यन्न, समान ढुवानी गर्ने १५ लाख ७५ हजार बराबरको १० वटा मोटरसाईकल र १ वटा गाडी बरामद गरि भन्सार चलान गरिएको बस्यालले जानकारी दिए । 

यसै अवधिमा ७ लाख ८६ हजार ७ सय रुपैया बराबरको कपडा, ३ लाख ९५ हजार ३५ रुपैया बराबरको खुद्रा सामाग्री, ५ लाख ७३ हजार ९ सय ५० रुपैया बराबरको काठ र ७६ हजार ५ सय रुपैया बराबरको माछा बरामद गरि भन्सार चलान गरिएको उनले बताए । 

“ कार्यालय अन्र्तगत खुल्ला सीमाको क्षेत्र धेरै रहेको छ, सिमित श्रोत साधन र जनाशक्तिको अभावमा सम्पूर्ण नियन्त्रण गरेको दावी गर्दैन तर तस्कर र तस्करी प्रति शून्य शहनशिलता अपनाई काम गरेको छु ।” बस्यालले भने “तस्करी नियन्त्रणमा स्थानियहरुको पनि ठूलो भूमिका हुन्छ यसर्थ आफ्नो गाउँ ठाउमा यस्तो भएको जानकारी पाए प्रहरी खबर गर्न पनि अनुरोध गर्दछु ।”

उनले मातहतका प्रहरी चौकीहरुलाई पनि तस्करी नियन्त्रण संगै प्रहरी समुदाय साझेदारी अन्र्तगत रहि काम गर्न निर्देशन दिएको बताए । 

यस अवधिमा तस्करी र अपराध नियन्त्रण गरि शान्ती सुरक्षा संगै प्रहरीले समुदाय संग मिलेर विभिन्न सचेतनामूलक काम गरेको छ । प्रहरी मूख्यालयको निर्देशन अनुसार प्रहरी आफ्नो क्षेत्रमा यसमा दत्तचित्त भएर लागेको छ । प्रहरी निरिक्षक बस्यालले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा घरेलु हिंसा, लागु औषध सेवन तथा यसबाट हुने नोक्सानीबारे, साईबर क्राईम, आत्महत्या, मानव बेचविखन, ट्राफिक सचेतना, लगायत कार्यक्रमहरुबारे जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिएको छ । यस्तै नागरिक सुनुवाई, अल्पसंख्यकसंग प्रहरी लगायत कार्यक्रमबाट समुदायको समस्याहरु बारे बुझ्ने र त्यसको न्यूनिकरणको प्रयास पनि गरिएको उनले बताए । 

मझगावा प्रहरीले प्रहरी मूख्यालयको फरा प्रतिवादी पक्राउ अभियान अन्र्तगत बिभिन्न मितिमा बिभिन्न अपराधमा फरार रहेका २६ जना ब्यक्तिलाई पक्राउ गरेको छ । यसबाट १३ दिन कैद र २७ लाख ३२ हजार १ सय ५२ रुपैया बराबरको जरिवाना तिराउन सफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार