मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


कञ्चन गाउँपालिकाको बजेट सार्वजनिक, ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया

Ujyalosandeshonline 12431+ समाचार ( )
११ असार २०८२, बुधवार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आगामी बर्ष २०८२/०८३ का लागि हिजो बुधवार ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया अनुमानित बजेट सार्वजनिक भएको छ। कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चालु तर्फ ३८ करोड ३३ लाख ३१ हजार ६ सय ५० रुपैया (६९.३१ प्रतिशत) र पुँजीगत तर्फ १६ करोड ९७ लाख १२ हजार (३०.६९ प्रतिशत) गरी कुल बजेट रु. करोड ३० लाख ४३ हजार ६ सय ५० रुपैया सार्वजनिक गर्नु भएको हो।

उपाध्यक्ष थापा मगरले सार्वजनिक गर्नु भएको सो बजेट मध्ये आन्तरिक आम्दानीबाट रु.२ करोड ७५ लाख रुपैया, नेपाल सरकारवाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.११ करोड ६७ लाख रुपैया र संघीय राजश्व बाँडफाँडबाट ९ करोड ८१ लाख रुपैया खर्च गरिने उल्लेख छ । यस्तै घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ७० लाख रुपैया, संघीय समपुरक अनुदानबाट रु. १ करोड ११ लाख रुपैया, संघीय सरकार विशेष अनुदानबाट रु. १ करोड १२ लाख रुपैया र संघीय सरकार सशर्त अनुदानबाट रु. २२ करोड ५१ लाख खर्च व्यहोरिने उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको बार्षिक बजेटमा उल्लेख छ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु. ८० लाख ६६ हजार रुपैया, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ९२ लाख ८४ हजार रुपैया, प्रदेश सरकार शसर्त अनुदानबाट रु.७० लाख रुपैया र प्रदेश सरकार समपुरक अनुदानबाट रु.७५ लाख रुपैया पालिकाको बजेटको मुख्य श्रोत रहने उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भएको छ। यस्तै अघिल्लो बर्षको बांकी रु.२ करोड ४४ लाख ८० हजार रुपैया समेत उक्त बजेटमा समावेश गरिएको छ।

उल्लेखित विनियोजित बजेट मध्ये आर्थिक विकास तर्फ ३,७३,१६,००० रुपैया सामाजिक विकास तर्फ २७,२३,७४,६५० रुपैया र पूर्वाधार विकास तर्फ ११,४१,७२,००० रुपैया विनियोजन गरिएको छ। यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७,७२,००० रुपैया संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १२,१४,०९,००० रुपैया गरी ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया बजेट विनियोजन गर्नु भएको हो।

उपाध्यक्ष थापा मगरले र्आिर्थक बर्ष २०८२०८३ को सेवा र कार्यहरुको लागि स्थानीयय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन कञ्चन गाउँपालिकाको विनियोजन विधेयक २०८२ र कञ्चन गाउँपालिकाको अर्थ विधेयक सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन आर्थिक विधेयक २०८२ समेत पालिकाको १८ औं गाउँसभामा प्रस्तुत गर्नु भएको थियो ।

उपाध्यक्ष थापा मगरले आर्थिक बिकास अन्तर्गत कृषि तथा पशु बिकास तर्फ ३ करोड २१ ललाख २५ हजार रुपैया र श्रम तथा रोजगार तर्फ ४१ लाख रुपैया विनियोजन गर्नु भएको छ। यस्तै सामाजिक बिकास अन्तर्गत शिक्षा तर्फ २२ करोड १० लाख ७० हजार रुपैया, युवा तथा खेलकुद ४७ लाख ७० हजार रुपैया र स्वास्थ्य क्षेत्रका लागि ३ करोड ३८ लाख २४ हजार ६५० रुपैया विनियोजन गरिएको छ।

यसैगरी खानेपानी तथा सरसफाई तर्फ २२ लाख रुपैया, महिला तथा बाबालिका तर्फ लैंगिक समावेसीकरण तथा सामाजिक समानताका लागि ८२ लाख रुपैया र धर्म संस्कृति तर्फ ४९ लाख रुपैया विनियोजन भएकोछ।

यस्तै भौतिक पुर्वाधार अन्तगर्त ८ करोड ६५ लाख ९० हजार रुपैया, वन वातावरण तथा विपद व्यबस्थापन अन्तर्गत समृद्धिका लागि बन कार्यक्रमका लागि ४० लाख रुपैया र वारुण यन्त्र सञ्चालनका लागि ८ लाख रुपैया विनियोजन गरिएको छ। उपाध्यक्ष थापा मगरले सार्वजनिक सेवा प्रवाह तथा शुसासन अन्तर्गत सुचना प्रविधि तर्फ ३५ लाख ५० हजार, शान्ति सुरक्षा, न्यायिक समिति र सुशासनका लागि आवस्यक बजेट विनियोजन गरिएको बताउनु भएको छ। कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणलाई छिटो र प्रभावकारी बनाउन पनि आवस्यक बजेट विनियोजन गर्नु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार