मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान

Ujyalosandeshonline 12433+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

जनकपुर । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यायल क्रिकेट टिमलाई प्रशंसा पत्र वितरण तथा सम्मान गरिएको छ । बिहीबार जनकपुरधामस्थित मधेश भवनमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले विजेता टिमका खेलाडिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र हस्तान्तरण गरेका छन् । 

सो क्रममा मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धि ऐन ड्राफटिङको प्रक्रियामा रहेको जानकारी दिए । उनले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेल खेलेका खेलाडि र प्रशिक्षकहरुलाई प्रदेश सरकारले खेलकुद क्षेत्रमै सरकारी कर्मचारी सरह नियुक्ति गर्ने गरी व्यवस्था गर्ने योजनमा काम गरिहेको जानकारी दिए । यसका लागि लोक सेवा आयोगमा समेत प्रदेश सरकारले समन्वय गर्ने बताए । मुख्यमन्त्री सिंहले खेलकुद मन्त्रालयको तर्फबाट प्रदेशभरिनै खेलकुदका सामग्री केही दिन भित्रै वितरण गर्ने जानकारी दिए । 

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै गराउने लक्ष्य राखेको बताए । उनले कर्णाली प्रदेशले २ वर्षमा रङशाला निर्माण गरेर देखाउन सक्छ भने, हामी त्यो भन्दा कम समयमा बनाएर देखाउने हिसाबले काम अगाडि बढाउन लागेको जानकारी दिनुभयो । उनले रंङशालाको लागि आगामि बजेटमै रकम छुट्टयाउ भौतिक संरचना निर्माणतर्फ लाग्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार