मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11540+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो । यसले नेपालको विविधताबीचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उहाँको भनाइ छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको स्मरण गराउनुभयो । यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वको आधार भएको उहाँले बताउनुभयो ।

मौलिक कला, भाषा र संस्कृतिहरू हाम्रो पहिचानका आधार मात्र नभई पर्यटन प्रवद्र्धन र आर्थिक विकासका महत्वपूर्ण स्रोतसमेत भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवद्र्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । समृद्ध प्रदेश निर्माणका लागि सरकारसँगै सबै समुदाय, युवा, महिला, उद्यमी तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । साझा लक्ष्य र सहकार्यका आधारमा अघि बढ्दा मात्र दिगो विकास र समावेशी समृद्धि सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार