मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |
मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |


संस्कृति जगेर्ना गर्न “संस्कृति रक्षा दौड”

Ujyalosandeshonline 12438+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

भैरहवा । आज बैशाख १ गते अर्थात नयाँ वर्ष, नया वर्षको अवसरमा धेरै कार्यक्रमहरु हुने गरेका छन् । कतिपय आजको दिनलाई नाँचगान गरेर बिताउछन् भने कतिपय घुमघाम र बनभोज लगायत गरि मनाउने गरेका छन् । तर बिगत १३ वर्षदेखि भैरहवामा बैशाख १ गतेकै दिन पारेर लगातार संस्कृति रक्षा दौड हुने गरेको छ । हिन्दु स्वयम संघ नेपालले नयाँ वर्षकै अवसर पारेर हरेक वर्ष संस्कृति जगेर्ना गर्ने भन्दै रक्षा दौडको आयोजना गर्दै आएको छ । 

“नेपालीहरुको संस्कृति संसारकै लागि अनुकरणिय रहेको छ र यसलाई सिक्न बाहिरका मानिसहरु पनि यहाँ आउनुहुन्छ,” संघका राष्ट्रिय संघचालक भिम शर्मा आचार्यले भने “हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, संगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्ने हाम्रो दायित्व हो ।”

उहाले यसैको प्रयास स्वरुप नेपालभरि बिभिन्न कार्यक्रहरुको आयोजना गर्ने गरेको बताउनुभयो । सोही क्रममा भैरहवामा संस्कृति रक्षा दौड नाम दिएर आयोजना गरिदै आएको छ । 

नेपालमा पश्चिमी संस्कृति हावी हुदै गएकोले अंग्रेजी नयाँ वर्षलाई नै नेपालीहरु अंगिकार गर्दै गएकोमा संघको चिन्ता छ । यसर्थ विक्रम सम्वत नै हाम्रो संस्कृति र नेपालीहरुको नया वर्ष हो भनेर आगामी पुस्तालाई ध्यानाकृष्ट गराउन पनि बैशाख १ गते नै दौड गराउने गरिएको छ । 

“हाम्रो संस्कृति, संस्कार र पहिचान विक्रम सम्वत हो, यो विश्वको एकमात्र स्थान हाम्रो देशमा छ ।” संघको सम्वाहक कार्यवा रविकान्त उपाध्यायले भने “यसलाई फाल्न बिभिन्न षणयन्त्र भएको छ यसैको रक्षाको लागि हामीले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।”

उहाले दौडमा बालबालिका देखि वृद्ध सम्म दौडमा उत्साहजनक तरिकाले भाग लिने गरेको बताउछन् । सेतो टिशर्टमा नयाँ वर्षको शुभकामना संगै संस्कृति रक्षा दौडका सहभागीहरु भैरहवाको विभिन्न मार्गमा दौड लगाउने गर्छन । यस वर्ष विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुदै पुनः बिद्रोही चोकमा समापन भएको थियो । दौडमा गैडहवा गाउँपालिका वडा नम्वर ८ का उमेश बरई प्रथम भई १५ हजार १ सय रुपैया प्राप्त गरे । सियारी गाउँपालिका वडा नम्बर ३ का सन्दिप कुर्मी दोश्रो भई ११ हजार १ सय रुपैया, सियारी–४ का मनोज केवट तेश्रो भई ७ हजार १ सय प्राप्त गरे । यस्तै सियारी–१ का दिपक पासी, सोही ठाउकै अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन ४ का ग्रिजेश यादवले १ हजार रुपैयाको सान्त्वना पुरस्कार पाए । दौडमा ५ सय बढी सहभागी रहेको उपाध्यायले बताए ।

संघले प्रत्येक वर्ष दे्शमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई प्रमुख अतिथिको रुपमा बोलाउने गरेको छ । यस पटकको प्रमुख अतिथि नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माईला थिए । उनले राष्ट्रप्रेम महत्वपूर्ण कुरा रहेको बताउदै यसको जुन रुपमा विकास हुनुपर्ने हो त्यस अनुसार प्रयाप्त रुपमा विकास नभएको जिकिर गरे । उनले अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने पराम्परा तोडिनुपर्ने बताए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार